२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

रुपकको 'म हुँ स्वतन्त्र रापती'मा सन्तोषको स्वर

shivam cement
मध्यान्ह
२०८२ असोज ५ गते १२:४३
रुपकको 'म हुँ स्वतन्त्र रापती'मा सन्तोषको स्वर

काठमाडौं : कवि तथा गजलकार रूपक अलंकारको कविता 'म हुँ स्वतन्त्र रापती' संगीतबद्ध भई गायनमा आएको छ । विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले संगीतबद्ध गरी आफ्नै स्वरमा उक्त कविता गाएका छन् ।

पञ्चचामर छन्दमा रचना गरिएको कविता रूपकको हालै प्रकाशित कवितासंग्रह 'शान्त शर्वरी'मा संगृहीत छ ।

छन्दकवितालाई संगीत गरेर गायनमा ल्याइरहेका सन्तोषले यसअघि पनि कवि खेमनाथ दाहालका छन्दकविता गाइसकेका छन् ।

'छन्दको कोकलता, लयमधुरता र प्रभावकारितालाई संगीतमा ल्याउँदा अझ ओजपूर्ण हुने रहेछ', सन्तोष भन्छन्, 'संगीतमैत्री शब्दहरू पनि भएमा त झनै सुन्दर र सशक्त हुने रहेछ ।'

कवि रूपकले 'शान्त शर्वरी'बाट २ वटा कविता सन्तोषले गाएका जानकारी दिए । 'उहाँले रारासम्बन्धी कविता पनि गाउनुभएको छ', रुपकले भने, 'त्यो कविता पनि केही समयपछि सार्वजनिक गर्ने छौं ।'


ADV

सम्बन्धित खबर

Advertise