२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

Nada
२०८३ कार्तिक ११ गते १८:५७
Shares
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनायो ।

पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए । उनले २५ बलमा एक छक्का र चार चौका प्रहार गरे । माहेन्दी हसनले २१ बलमा चार चौका र एक छक्कासहित ३२ रन जोडे ।

कप्तान कुशल भुर्तेलले २१ रन बनाउँदा शाकिब अल हसनले १४ र धनञ्जय लक्षणले ११ रन बनाए । सदिरा समरविक्रमा ८ तथा ओपनर दिनेश खरेल ४ रनमा आउट भए ।

अब सुदूरपश्चिम रोयल्सले जितका लागि २० ओभरमा १४६ रन बनाउनुपर्नेछ ।

सम्बन्धित खबर