२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ

Nada
२०८३ कार्तिक ११ गते १७:५९
Shares
धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ

काठमाडौँ  : मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् ।

‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोप लागेको छ ।

विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूको राहदानी जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको जनाइएको छ । शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर