२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

‘बयान’ म्युजिक भिडियो आउॅदै

shivam cement
मध्यान्ह
२०८२ असोज ५ गते ०७:४४
‘बयान’ म्युजिक भिडियो आउॅदै

काठमाडौं : गायन र अभिनय क्षेत्रमा सक्रिय कलाकार सन्तोष सरगम अधिकारीको प्रस्तुतिमा तयार गरिएको नयाँ म्युजिक भिडियो ‘बयान’ चाँडै दर्शकसमक्ष आउने भएको छ ।

रोसन दासको कथा र निर्देशनमा बनेको यस भिडियोमा कलाकार प्रियना आचार्य र सन्तोष सरगम अधिकारीको जोडीलाई प्रस्तुत गरिएको छ । रोमान्स र भावनात्मक कथावस्तुमा आधारित भिडियोले दर्शकको मन छुने अपेक्षा गरिएको छ ।

गीतमा प्रताप दास र समिक्षाअधिकारीले स्वर दिएका छन् । शब्द स्वयं सन्तोष सरगम अधिकारीकै रहेको छ भने संगीत सरोज पोखरेलले दिएका छन् । भिडियोको छायांकन नितेश घतान, सम्पादन बिनोद बानले गरेका हुन् ।

भिडियो निर्माण संयोजकमा पुर्णमान श्रेष्ठ, मेकअपमा पुनम चौधरी रहेका छन् भने पोस्ट–प्रोडक्सन रेज इन्टरटेन्मेन्टमार्फत गरिएको हो । निर्माण पक्षका अनुसार ‘बयान’ म्युजिक भिडियो चाँडै सार्वजनिक गरिनेछ ।

ADV

सम्बन्धित खबर

Advertise