२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

नेपाली व्यवसायी समाज क्वालालम्पुरको अध्यक्षमा शिव थापा

shivam cement
तिलोचन गौतम
२०८२ असोज ४ गते २१:४२
नेपाली व्यवसायी समाज क्वालालम्पुरको अध्यक्षमा शिव थापा

क्वालालम्पुर, मलेसिया : नेपाली व्यवसायी समाज क्वालालम्पुरको आज सम्पन्न साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।

क्वालालम्पुरको एक होटलमा बसेको सभाले शिव थापालाई समाजको नयाँ अध्यक्षमा चयन गरेको छ । यसअघि अध्यक्ष पदमा रहेका इन्द्रनारायण लिम्बू गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा निर्वाचित भएका थिए । लिम्बूले समाजको नेतृत्व हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेपछि थापालाई अध्यक्ष चयन गरिएको हो ।

सभामा हालैको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरू र नेपाली व्यवसायी समाज क्वालालम्पुरका सचिव पासाङ तामाङका बुबाको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise