२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

कविता : आजको रात एउटा मान्छे घर फर्कन्न

Nada
जनक कार्की
२०८२ असोज ३ गते १२:४६
Shares
कविता : आजको रात एउटा मान्छे घर फर्कन्न

आजको रात :

ncell

-ढोकाको डन्डी धकल्ने 
एक जोर हातको कमी हुनेछ 

-एक मुठी चामल कम पाक्नेछ

- कुकुर पुच्छर हल्लाउँदै 
आँगनमा लिन पुग्ने छैन 

आजको रात एउटा मान्छे घर फर्कन्न ।

आजको साँझ जून जब उसको झ्यालबाट चियाउँछ
देख्ने छैन एउटा फ्रस्टेड मान्छे

आजको रात खाटलाई अभाव हुनेछ
सपना देख्ने मान्छेको 

आजको रातले गुमाउनेछ
एउटा ऐठन पर्ने मान्छेको निद्रा 

तर 
आज पनि सरकार घर फर्किनेछ
मस्त निदाउने छ रगतको ओछ्यानमा 
र खोजी गर्नेछ
भोलि घर फर्किन नदिने मान्छेको ।

uae

सम्बन्धित खबर