२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

नर्भिक इन्टरनेसनल हस्पिटलले साधारण सेयर निष्कासन गर्ने

shivam cement
मध्यान्ह
२०८२ असोज २ गते २०:५२
नर्भिक इन्टरनेसनल हस्पिटलले साधारण सेयर निष्कासन गर्ने

काठमाडौं : नर्भिक इन्टरनेसनल हस्पिटलले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । २५ लाख कित्ताको साधारण सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ ।

सो सम्झौतामा नर्भिक इन्टरनेसनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे । नर्भिक इन्टरनेसनल हस्पिटल, नेपाल र नेपालबाहिरका बिरामीहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो ।

नर्भिक इन्टरनेसनल हस्पिटलले सन् १९९३ मा ३० शय्याको सामान्य सुविधाका रूपमा आफ्नो यात्रा सुरु गरिको थियो र अहिले २ सय शय्याको बहु–विशेषज्ञ अस्पतालका रूपमा सञ्चालनमा छ भने सय शय्या थप गर्ने प्रक्रियामा रहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise