२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

मनोबल उकास्ने र सुरक्षा प्रत्याभूतिको वातावरण बनाउन चेम्बरको माग

shivam cement
मध्यान्ह
२०८२ असोज २ गते २०:४८
मनोबल उकास्ने र सुरक्षा प्रत्याभूतिको वातावरण बनाउन चेम्बरको माग

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोबल उकास्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी टोलीले गृह मन्त्रालयमा भेटवार्ता गर्दै सुरक्षाको प्रत्याभूतिको माग गरेका हुन् । 

गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा चेम्बरले निजी लगानी सुरक्षित एवं लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यता रहेको बताए ।

आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यावसाययिक वातावरणमा नकारात्मक असर पर्न गएको चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए ।

उनले भने, ‘मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठुलो योगदान रहेको छ, मुलुकमा निजी क्षेत्रको लगानी ८१ प्रतिशतभन्दा बढी रहेको छ, विकसित पछिल्लो घटनाक्रमले व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ ।’

निजी क्षेत्रको सम्पत्ति सुरक्षण र व्यावसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य रहेको अध्यक्ष अग्रवालले बताए । वर्तमान अवस्थामा सरोकारवाला गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्रबैंक तथा सुरक्षा निकाय र निजी क्षेत्रबीच छिटो छरितो सूचना आदान प्रदानका लागि विशेष संयन्त्र बनाइनुपर्ने चेम्बरले उल्लेख गरेको छ । 

चेम्बरले आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको छ । 

यसैबीच नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले आन्दोलनका क्रममा क्षतिग्रस्त नक्सालको भाटभटेनी सुपरमार्केटमा स्थलगत अवलोकन गरेको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलाई भेटी चेम्बर पदाधिकारी टोलीले भाटभटेनीमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि चेम्बरले उद्यमी, व्यवसायीहरूमा आन्तरिक परिपत्र जारी गरिसकेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise