२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

शेयर बजारमा दोस्रो पटक नेगेटिभ सर्किट ब्रेक

shivam cement
मध्यान्ह
२०८२ असोज २ गते १२:०६
शेयर बजारमा दोस्रो पटक नेगेटिभ सर्किट ब्रेक

काठमाडौं : जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारबाट शेयर बजारका लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् । 

जेनजी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार दोस्रो सर्किट ब्रेक लागेको छ । बिहीबार शेयर बजार ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ । 

खुलेको दुई मिनेटमै पहिलो नेगेटिभ सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । ११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको हो ।

अब शेयर कारोबार ४० मिनेटपश्चात पुनः सुचारु हुने देखिए पनि फेरि सर्किट लाग्ने सम्भावना छ । दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । परिसूचक भने १३३.६१ अंकले घटेर २५३८.६३ को बिन्दुमा ब्रेक लागेको हो ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार छँदा शेयर बजार सकारात्मक दिशामै अघि बढेको थियो । कार्की नेतृत्वको वर्तमान सरकारमा अर्थमन्त्री रामेश्वर खनाल छन्, लगानीकर्ताको विश्वास जित्नेगरी काम गर्न नसके सेयर बजार निरन्तर ओरालो लाग्ने खतरा देखिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise