२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

टेलिकमले ल्यायो ‘संविधान दिवस अफर २०८२’

shivam cement
मध्यान्ह
२०८२ असोज १ गते २१:०९
टेलिकमले ल्यायो ‘संविधान दिवस अफर २०८२’

काठमाडौं : नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा नेपाल टेलिकमले संविधान दिवस अफर २०८२ ल्याएको छ । सरकारले असोज ३ गते मनाउन लागेको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहक लक्षित गरेर ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार सो अफर असोज २ गतेदेखि ४ गतेसम्म लागू हुनेछ । अफरअन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १ सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुने बताइएको छ ।

यसैगरी, डाटा प्याकेजअन्तर्गत १ सय ११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जिबी डाटा, १ सय ९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जिबी डाटा, २ सय ९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जिबी डाटा र ३ सय ९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने टेलिकमले जनाएको छ ।

सोही अफरअन्तर्गत ७ सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिन्छ । साथै, प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६ सय मिनेट अल नेट भ्वाइस सुविधा र २ सय अल नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, टेलिकमका अनुसार पोस्टपेड मोबाइल प्रयोगकर्ताले फेस्टिभ कम्बो प्याकेज वा ३० जिबी डाटा प्याकेज लिएमा मासिक रूपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै सो शुल्क काटिने सुविधासमेत उपलब्ध छ ।

ADV

सम्बन्धित खबर

Advertise