२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

सीमा क्षेत्रमा प्लान्ट क्वारेन्टिन राख्न रौतहट उद्योग वाणिज्य संघको माग

Nada
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ३१ गते १३:५१
Shares
सीमा क्षेत्रमा प्लान्ट क्वारेन्टिन राख्न रौतहट उद्योग वाणिज्य संघको माग

रौतहट : रौतहट उद्योग वाणिज्य संघले गौरमा प्लान्ट क्वारेन्टिन स्थापना गर्न माग गरेको छ । संघका अध्यक्ष रवि यादवले प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहर भवनलाई पत्र लेख्दै गौर भन्सार नाकामा क्वारेन्टिन स्थापनाको आवश्यकता औंल्याएका छन् ।

ncell

अध्यक्ष यादवका अनुसार, प्लान्ट क्वारेन्टिन स्थापना भएमा गौर भन्सारबाट खाद्य पदार्थको आयात सहज हुने र यसले रौतहटको आर्थिक विकासमा ठुलो योगदान पुग्नेछ । हाल भन्सार नाकामा क्वारेन्टिनको अभावमा कृषिजन्य उत्पादनको चोरी तस्करी बढेको छ, जसले उपभोक्ता हितमा नकारात्मक असर परिरहेको छ ।

पत्रमा उल्लेख भएअनुसार, वर्षेनीको बाढीले गौरलगायतका क्षेत्रमा कृषि उत्पादनमा कमी आएको छ । माग पूरा गर्न भारतबाट आयात गर्नुपर्ने बाध्यता छ, तर क्वारेन्टिनको अभावमा तस्करी बढ्दै गएको छ। यसअघि संघका पूर्वअध्यक्ष रविन्द्रनाथ गोपालीले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई भेटेर पनि क्वारेन्टिन स्थापनाका लागि पहल गर्न आग्रह गरेका थिए ।

संघले तत्काल क्वारेन्टिन स्थापना गरी कृषि उत्पादनको गुणस्तर जाँच र तस्करी नियन्त्रण गर्न सरकारसँग जोडदार माग गरेको छ ।

सम्बन्धित खबर