क्वालालम्पुर : हेल्प मधेशी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ । ‘तन, मन, धन’भन्ने नारासहित आयोजित कार्यक्रममा प्रवासी नेपाली मधेशी समुदायबीच एकता, सहयोग र सेवाको भावना झल्किएको थियो ।
कार्यक्रममा मलेसियास्थित नेपाली समाजका अगुवा, बुद्धिजीवी, संघसंस्थाका प्रतिनिधि, मिडिया पार्टनर तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा प्रवासी समुदायको योगदानलाई कदर गर्दै विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
अधिवेशनले हेल्प मधेशी मलेसियाको नयाँ नेतृत्व चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीमा प्रमोद कुमार महतो अध्यक्ष, सुरेन्द्र महतो वरिष्ठ उपाध्यक्ष, संजिव यादव द्वितीय उपाध्यक्ष, सन्तोष महतो महासचिव, तुलाराम मण्डल सचिव, फुलगेन महतो सह–सचिव, जयप्रकाश साह कोषाध्यक्ष, रामनारायण मण्डल सह–कोषाध्यक्ष र देव ना.महतो मिडिया रिपोर्टर रहेका छन् ।
यस्तै बेचन मण्डल वरिष्ठ सल्लाहकार, बसन्त मण्डल, राजेन्द्र यादव र राम उदगार यादव सल्लाहकार बनेका छन् भने सदस्यहरूमा रामबहादुर महतो, आनन्देव मण्डल र पशुपति ठाकुर रहेका छन् ।
शाखा अध्यक्षहरूमा जोहोरमा आनन्द साह, सेरेम्बानमा सूर्यनारायण यादव र क्वालालम्पुरमा पवन कुमार महतो निर्वाचित भएका छन् ।
संस्थाले आगामी दिनमा सामाजिक सेवा, आपतकालीन सहयोग र समुदाय सशक्तीकरणका अभियानलाई अझ व्यापक रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । सहभागीहरूले अधिवेशनले प्रवासी मधेसीहरूको आवाजलाई सशक्त बनाउन योगदान गरेको बताएका छन् ।