२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

सांगीतिक प्रस्तुति दिन गायिकाद्वय टिका पुन र रेजिना परियार कतारमा

shivam cement
मध्यान्ह
२०८२ भदौ ५ गते १७:२४
सांगीतिक प्रस्तुति दिन गायिकाद्वय टिका पुन र रेजिना परियार कतारमा

दोहा, कतार : लोक तथा दोहोरी गायिकाद्वय टिका पुन र रेजिना परियार कतार आइपुगेका छन् । भोलि शुक्रबार मुन्तजामा रहेको होलिडे भिल्लाको म्याजेस्टिक बलरुम हलमा नेपाली महिला समाज कतारले आयोजना गर्न लागेको 'रमाइलो तिज, सचेतना तथा विविध सांस्कृतिक कार्यक्रम-२०२५'मा सांगीतिक प्रस्तुति दिन उनीहरु बिहीबार बिहान कतार आइपुगेका हुन् ।

कतारको विमानस्थलमा गायिकाद्वयको स्वागतका लागि समाजकी अध्यक्ष माया केसी, कार्यक्रम संयोजक सन्ध्या अर्याल , नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ, पत्रकारहरूसहित अन्य व्यक्तिहरू पुगेका थिए । कलाकारहरूले कतारवासी नेपालीहरूलाई अनुकूलता मिलाएर कार्यक्रममा सरिक हुन आग्रह गरेका छन् । महिलालाई निःशुल्क प्रवेशको सुविधा रहेको कार्यक्रम बिहान ११:४५ बजेबाट सुरु हुने समाजले जनाएको छ ।

नेपालबाट आमन्त्रित अतिथि कलाकारसहित कतारमा रहेका एक दर्जनभन्दा बढी कलाकारले कार्यक्रममा सांगीतिक प्रस्तुति दिनेछन् । कलाकारको आगमनसँगै कार्यक्रमको तयारीलाई अन्तिम रूप दिन थालिएको छ । कार्यक्रमलाई सफल बनाउन कतारमा रहेका विभिन्न ७५ वटा संघसंस्थाले सहयोगी संस्थाका रूपमा ऐक्यबद्धता जनाउँदै महिला समाजसँग सहकार्य गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise