२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

घिमिरेको 'टोपी ढाकाको' सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ भदौ २ गते १४:२५
घिमिरेको 'टोपी ढाकाको' सार्वजनिक

काठमाडौं : गायक तथा संगीतकर्मी सिताराम घिमिरेले आफ्नो नयाँ मौलिक गीत 'टोपी ढाकाको' सार्वजनिक गरेका छन् । नेपालीको सांस्कृतिक पहिचान मानिने ढाका टोपी र ढाकाको चोलीलाई गीतको मुख्य विषयवस्तु बनाएर तयार पारिएको यस गीतमा नेपालीपनको स्पष्ट झल्को पाउन सकिन्छ ।

गीतमा गायक सिताराम घिमिरेसँगै गायिका संगीता गुरुङले स्वर दिएकी छन् । शब्द र संगीत सुदीप परियारले भरेका हुन् भने कृष्ण केसीले एरेन्ज गरेका छन् । गीतको मिक्सिङ–मास्टरिङ विनोद परियारले ओजोन स्टुडियोमार्फत सम्पन्न गरेका हुन् ।

सार्वजनिक भिडियोमा कलाकार सिताराम घिमिरे र सम्झना तिमल्सिनाको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन अनिल जिसी (बुलेट) ले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन दिप शेर्पालीले गरेका छन् । पोस्ट–प्रोडक्सन डिएस मिडिया हाउसले गरेको हो ।

गीतको निर्माण अनन्तकुमारी घिमिरेले गरेकी हुन् भने निर्देशन स्वयं गायक घिमिरेले गरेका हुन् । मनोरञ्जन संगीत युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीत छोटो समयमा नै दर्शक/स्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ ।


ADV

सम्बन्धित खबर

Advertise