मलेसिया : जनउद्धार केन्द्र मलेसियाले पेनाङस्थित सनसाइन स्क्वाएरमा हरितालिका तिज विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली संस्कृति र मौलिक चाडपर्वलाई प्रवर्धन गर्ने उद्देश्यसहित हरेक वर्षझैं यसपटक पनि भव्यताका साथ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मलेसियास्थित नेपाली दूतावासकी प्रतिनिधि यशोदा अधिकारी, एकता अवस्थी, निर्मला केडी आचार्य, गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष राकेशप्रसाद महतोसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
विशेषगरी महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा शुभकामना आदानप्रदान, दर खाने तथा सांगीतिक प्रस्तुति गरिएको थियो । जनउद्धार केन्द्रका अध्यक्ष केसु थापाले कार्यक्रममा दिदीबहिनीहरूको उत्साहपूर्ण सहभागिताले तिज पर्वको महत्व अझ प्रष्टिएको बताए ।