२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

एनआरएनए मलेसियाले हरितालिका तिज विशेष च्यारिटी साँझ कार्यक्रम गर्ने

shivam cement
तिलोचन गौतम
२०८२ भदौ २ गते ११:४२
एनआरएनए मलेसियाले हरितालिका तिज विशेष च्यारिटी साँझ कार्यक्रम गर्ने

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आयोजनामा हरितालिका तिज विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । परम्परागत रूपमा मनाइँदै आएको नेपाली संस्कृति र मौलिक चाडपर्वलाई सम्बर्धन गर्दै विगतका वर्षमा झैं यसपटक पनि हरितालिका तिज विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए मलेसियाले जनाएको छ ।

हरितालिका तिज विशेष सांगीतिक कार्यक्रममा नेपालबाट नायिका तथा मोडल मिशेल घिमिरे, नायिका एन्जिला रेग्मी, नायिका तथा मोडल झरना रिजाल, डान्सर वर्षा राई र डान्सर सोमा देवानसहित चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ ।

च्यारिटी साँझबाट संकलित सहयोग रकम मलेसियामा जेलमा परेका तथा अस्पतालमा उपचारको अभावमा अलपत्र परेका नेपालीहरूलाई सहयोग गर्ने उद्देश्य राखिएको छ ।

एनआरएनए मलेसियाले मलेसियामा रहेका नेपाली चेलिबेटी र नेपाली दूतावासका महिला कर्मचारीलाई सहित कार्यक्रममा उपस्थित भई तिजको सांगीतिक माहोल र सांस्कृतिक एकताको मजा लिन आह्वान गरेको छ । कार्यक्रम मलेसियाको राजधानीमा अवस्थित होटल ग्रान्ड कन्टिनेन्टल, क्वालालम्पुरमा बेलुकी ६ बजेदेखि राति १० बजेसम्म हुने तय भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise