२०८२ साउन ३१ गते शनिवार / Aug 16 , 2025 , Saturday
२०८२ साउन ३१ गते शनिवार
Ads

सूर्यसँगै अस्ताउँछन् मुड्केचुलाका टेलिफोन टावर

shivam cement
पूर्ण सार्की
२०८२ साउन ३१ गते १५:५८
सूर्यसँगै अस्ताउँछन् मुड्केचुलाका टेलिफोन टावर

डोल्पा :  हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाभित्र रहेका टेलिफोनका टावर सूर्यको प्रकाशसँगै अस्ताउँछन् । पालिका भित्रका २ वटा टावर र एउटा रिपिटर टावर गरी ३ टावर रहेका यी क्षेत्रका बासिन्दा अहिले टेलिफोन सेवा अभावको समस्यामा परेका छन् । 

सूर्यको प्रकाशसँगै यहाँका अधिकांश टावर पनि बन्द हुने गरेका कारण नागरिकहरू निरन्तर सञ्चार बाहिर जस्तै भएका छन् ।अहिले पालिकाभर नै टावर ‘अस्ताउने’ समस्या देखिएको स्थानीयको गुनासो छ । पालिकाका अधिकांश ठाउँमा घाम लागेको दिन साँझ ५ बजेसम्म मात्रै मोबाइल नेटवर्क चल्ने गर्छ भने कतिपय क्षेत्रमा  बेलुकी करिब १० बजेसम्म सेवा उपलब्ध हुन्छ । तर, घाम नलागेको दिनमा सूर्यास्तसँगै मोबाइल नेटवर्क पूर्ण रूपमा अवरोध हुने गरेको छ ।

करिब साढे ७ हजार जनसंख्या रहेको यो क्षेत्रका नागरिक सञ्चार अभावका कारण अहिले दिनहुँ समस्यामा परिरहेका छन् । सञ्चार सुविधा नहुँदा यो क्षेत्रका विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालयदेखि सामान्य जनजीवनसमेत प्रभावित बनेको स्थानीयले बताएका छन् ।

सञ्चार अभावले पालिका भित्र आपतकालीन अवस्थामा सूचना आदान–प्रदान गर्न कठिनाई भइरहेको प्रहरी चौकी इलले जानकारी दिएको छ । मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त शाहीका अनुसार, पालिका भित्रका गाउँमा राखिएका नेपाल टेलिकमका टावर सौर्य ऊर्जाबाट सञ्चालित भएकोले लगातार घाम नलाग्दा ब्याट्री चार्ज नहुने र भाका ब्याट्री पनि ड्यामेज हुन गई सेवा अवरुद्ध हुने गरेको हो । 

उनले नयाँ ब्याट्री जडानको लागि नेपाल टेलिकमसँग पटक-पटक आग्रह गरे पनि सुनुवाई नहुँदा पालिका भरी समस्या हुने गरेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise