मलेसिया : गैर–आवासीय नेपाली संघ(एनआरएनए) क्षेत्रीय समिति जोहोरले यस वर्ष पनि ‘तिज विशेष’ कार्यक्रम आयोजना गर्ने भएको छ । हिन्दु नारीहरूको महान चाड तिजको अवसरमा नेपाली महिलाबीच आपसी भेटघाट, आत्मीयता र सामाजिक सद्भाव बढाउने उद्देश्यले कार्यक्रम राखिएको हो ।
समितिका सचिव छबिलाल गिरिका अनुसार गत वर्षको जस्तै यस वर्ष पनि कार्यक्रमलाई भव्य बनाउन जोहोरमा रहेका सम्पूर्ण नेपाली नारीलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने र दर खानेदेखि विविध सांस्कृतिक कार्यक्रमसम्म रहने उनले जानकारी दिए ।
आयोजकले मलेसियाका विभिन्न क्षेत्रमा कार्यरत नेपाली महिलालाई कार्यक्रममा सहभागी भइ उल्लासपूर्वक मनाउन आग्रह गरेको छ ।