काठमाडौँ : गायिका सारिका घिमिरेको नयाँ गीत मैना चरी सार्वजनिक भएको छ । गुन भुल्यौ’ पछी उनले ‘मैना चरी’ गीत सार्वजनिक गरेकी हुन् । शुक्रवार उनले आफ्नै अफिसियल युट्युवमार्फत गीत सार्वजनिक गरेकी हुन् ।
गीतमा शव्द र स्वर सारिकाको छ भने संगीत योगेश काजीले गरेका हुन् । उक्त गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् । यस गीतमा अभिनय सारिका स्वयंको छ ।
उनको अघिल्लो गीत ‘गुन भुल्यौ’सर्वाधिक रुचाईएको गीतमा पर्छ । दशकौंदेखि गायनमा संघर्षरत सारिकालाई यही गीतले सफलताको स्वाद चखायो । सारिका यस गीतलाई लिएर पनि उत्तिनै आसावादी छिन् ।
भिडियो हेर्नुहोस् :