२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

उदयपुरमा गाँजासहित तीन जना पक्राउ

Nada
बिन्द्र राई
२०८१ साउन १ गते २१:३१
Shares
उदयपुरमा गाँजासहित तीन जना पक्राउ

उदयपुर : उदयपुरमा गाँजासहित तीन जना पक्राउ परेका छन् । कटारी नगरपालिका ७ रिस्कुस्थित खुलाल डाँडाबाट ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी उदयपुरबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो ।

ncell

तीन वटा बोरामा ४९ केजी बराबरको गाँजा बरामद गर्नुका साथै सो कार्यमा संलग्न तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

पक्राउ पर्नेहरुमा ताप्ली गाउँपालिका १ बस्ने वर्ष ३१ शम्भु राई, सोही ठाउँ बस्ने वर्ष २८ का आशिष भुजेल र परिवर्तित नाम गाइघाट ४९ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर