२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

भेरी नदी किनारमा बेवारिसे शव फेला, अनुसन्धान गर्दै प्रहरी

shivam cement
प्रदीप मगर
२०८२ साउन २२ गते १०:५२
भेरी नदी किनारमा बेवारिसे शव फेला, अनुसन्धान गर्दै प्रहरी

सल्यान : सल्यानमा बिहीबार बिहान भेरी नदीले बगाएर ल्याएको एक बेवारिसे शव फेला परेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका- १. को अम्रास्थित भेरी नदी किनारमा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहान ९ः०० बजेतिर नदीकिनारमा क्षतविक्षत अवस्थामा लडिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर खरेका थिए । ईलाका प्रहरी कार्यालय देवस्थलका प्रहरी नायब निरीक्षक धन बहादुर नेपालीसहितको टोली पुग्दा बेवारिसे व्यक्ति मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

नाम, थर वतन नखुलेको शव कसको हो भन्ने नखुलेको र सोधीकार्य भईरहेको इप्रका सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले बताए । “शव अत्यन्तै क्षतविक्षत अवस्थामा भेटिएको छ, पहिचान गर्न सकिने अवस्थामा छैन । यद्यपि, हामी अनुसन्धानमा जुटिरहेका छौं ।“ प्रहरी निरीक्षक रेशम खत्रीले भने । 

शवको अवस्था अत्यन्तै क्षतविक्षत रहेको र लामो समयदेखि पानी वा नदी किनारमा रहेको अनुमान गरिएको छ । शरीरको माथिल्लो भाग पूर्ण रूपमा नष्ट भइसकेको छ भने तलको भाग क्षतविक्षत भएर गलेको छ ।  किरा लागेको, छालामा रंग परिवर्तन भएको र शरीरमा फोहोरले ढाकिएको अवस्थामा शव भेटिएको हो । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise