२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

एकीकृत समाजवादी झापााले पार्टी स्थापना दिवसको अवसर पारेर टिकटक प्रतियोगिता गर्ने

shivam cement
२०८२ साउन २१ गते २२:२५
Shares
एकीकृत समाजवादी झापााले पार्टी स्थापना दिवसको अवसर पारेर टिकटक प्रतियोगिता गर्ने

बिर्तामोड : नेकपा (एकीकत समाजवादी) झापााले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । भदौ ९ गते एकीकृत समाजवादी पार्टीको स्थापना वर्षको अवसर पारेर झापामा टीकटक प्रतियोगिता गर्ने भएको हो ।

बुधबार बिर्तामोडस्थित पार्टीको जिल्ला कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । सुसासन र रोजगारी, समाजवादको तयारीु बिषयमा टीकटक भिडियो निर्माण हुनुपर्ने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

'नेपाली भाषामा निर्माण भएको टिकटक भिडियो सामाग्री तीन मिनेटसम्मको रहनुपर्ने छ । टिकटक प्रतियोगितमा सहभागि हुनका लागि उमेर समूह र भुगोललाई आभार बनाइएको छैन,' अध्यक्ष बीपी भट्टराईले भने ।

अध्यक्ष भट्टराईका अनुसार प्रतियोगिताम सहभागिहरुले एकैपटक टिकटकमा पोष्ट नगरी पार्टी जिल्ला कमिटीको आधिकारिक आईडीबाट प्रकाशित गर्नुअघि भिडियो सामाग्रीलाई अध्ययन गरिने छ । भिडियो सामाग्रीलाई मोबाइल नम्बर (ह्वाट्सएप नम्बर-९७0७९0५७०९) मा पठाउन हुन समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सो भिडियो सामाग्री निर्णायक मण्डलमा एकीकृत समाजवादी कोशी प्रदेश सदस्य एबम् समाजवादी प्रेष संगठनका उपाध्यक्ष तीर्थ सिग्देल, एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख अनिलदेब राई र समाजवादी प्रेष संगठन झापाका अध्यक्ष गोविन ल्वागुन रहेका छन् ।

साउन २५ देखि भदौ १ गतेसम्म आएका भिडियो सामाग्रीहरु प्रतियोगितामा समावेश गरिनेछ । भदौ ८ गतेसम्म प्राप्त भएका लाईक, भ्युज र शेयरलाई ५० अङक प्रदान गर्ने छ । बाँकी ५० अंक निर्णायक मण्डलले प्रदान गर्ने अध्यक्ष भट्टराईले जानकारी गराए ।

प्रतियोगितामा पहिलो हुनले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले तीन हजारसहित प्रमाणपत्र पाउने छन् । प्रतियोगिताका बितेताहरुलाई एकीकृत समाजवादी पार्टीको स्थापना दिवस भदौ ९ गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने छ ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादी कोशी प्रदेश सचिवालय सदस्य एबम् नेपाल खेलकुद महासंघ समाजवादीका वरिष्ठ उपाध्यक्ष शंकर थापा, एकीकृत समाजवादी झापाका निवर्तमान अध्यक्ष एबम् झापाका पुराना बामपन्थी नेता बेदराज रेग्मी, नेता बासु दुलाल, नेता तीर्थ सिग्देल, उपाध्यक्ष नबीन इजम, सरस्वती सुब्बा, सचिव सानकुमार लामा, उपसचिव श्री मिश्र लगायतको उपस्थिति थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर