२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

एनसिसी कतार र मानव अधिकार आयोग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन २१ गते १८:४३
एनसिसी कतार र मानव अधिकार आयोग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध

दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी कतारको टोलीले मगंलबार राष्ट्रिय मानव अधिकार आयोग कतारको सचेतना तथा योजना विभागका प्रमुख अबु सालिम हमद अल हाजिरीसँग भेटवार्ता गरेको छ ।

नेपाली समाज प्रतिनिधि एवं कानुनी परामर्शदाता मोहम्मद रमजान अलि मियाको संयोजनमा एनसिसीका अध्यक्ष कृष्ण पन्थीको नेतृत्वमा विभिन्न पदाधिकारीहरू आयोगमा पुगेका थिए ।

भेटमा अल हाजिरीले एनसिसीको अध्यक्ष जस्तो गरिमामय पदमा चुनिएकोमा पन्थीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विगतका वर्षहरूमा जस्तै भविष्यमा पनि सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे ।

गत रमदानमा सञ्चालित कम्युनिटी लिग फुटबल प्रतियोगितामा एनसिसीले खेलेको भूमिका र सहभागिताको प्रशंसा गर्दै आगामी दिनमा थप व्यवस्थित बनाउँदै खेलहरू आयोजना गर्ने विषयमा कुराकानी भएको अध्यक्ष पन्थीले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

एनसिसीलाई आयोगले आफ्नो अभियानमा सहकर्मीको रूपमा समावेश गराउने बताउँदै नेपाली भाषामा विभिन्न पम्प्लेटहरू तयार गरी कतारमा रहेका नेपालीहरूलाई सुसूचित गराउने अभियानमा एनसिसी कतारबाट आयोगले सहयोगको अपेक्षा गरेको पन्थीले बताए । उनले आयोगले छिट्टै नै श्रमिक अधिकारसम्बन्धी गोजी पुस्तिका नेपाली समाजलाई हस्तान्तरण गर्ने तयारी गरेको पनि जानकारी दिए ।

आयोगले आगामी शुक्रवार सनैयास्थित ग्रान्ड मलको क्रिकेट स्टेडियममा ‘कानुनी क्लिनिक’ संवाद कार्यक्रमको आयोजना गर्न लागेको हुँदा कतारमा रहेका नेपालीहरूलाई उपस्थित हुन एनसिसीमार्फत आग्रह गरेको छ । भेटमा पन्थीले श्रमिकका पक्षमा आफूले गर्न चाहेका कार्ययोजना आयोगका योजना विभागका प्रमुख हाजिरीलाई हस्तान्तरण गर्दै आफूहरू सहकार्य गर्न सदैव तयार रहेको बताएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise