२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते १४:२५
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको कारण नागरिकले आधारभूत उपचार सेवा पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बस्नेतले स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालरुमा चिकित्सक अभाव हुँदा नागरिकले उपचार सेवा नभएको भन्दै जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

दरबन्दी भएका अस्पतालहरुमा समेत जनशक्ति आपूर्तिन हुन नसकेको उनको भनाइ छ । उनले धेरै स्थानीय तहका आधारभूत अस्पतालहरुका ओएनएम नहुँदा दरबन्दी समेत सिर्जना हुन नसकेको बताए । उनले तीन तहको सरकारबीच आवश्यक समन्वय गरी स्वास्थ्यकर्मी पदपूर्ति गरी नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न माग गरे । 

उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी यथाशिघ्र ओएनएम गरी पदपूर्ति प्रक्रिया अगाडि बढाइयोस् । र दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीका लागि विषेश प्रोत्साहन प्याकेजको व्यवस्था गरियोस् ।’

सांसद बस्नेतले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्न समेत माग गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise