२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

बजेट विनियोजनमा सुधार आवश्यक छ : मुख्यमन्त्री कँडेल

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते १०:५३
बजेट विनियोजनमा सुधार आवश्यक छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजनसम्मको प्रक्रियामा थप सुधार आवश्यक भएको बताएका छन् ।

सुर्खेतमा मंगलवार आयोजित ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१’ र ‘कर्णाली प्रदेश आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१’ को प्रारम्भिक मस्यौदामाथि छलफल उनले विगतको अभ्यासबाट पाठ सिक्दै आगामी वर्षको बजेट निर्माणमा थप सुधार गर्नुपर्नेमा जोड दिए ।

विकास र निर्माणमा गर्ने आ-आफ्नो बजेट भए पनि सबै तहका सरकार र निकायबीच सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनले प्रदेश सरकार, स्थानीय सरकार र संघ सरकारबीचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनोट, कार्यान्वयन र मूल्यांकनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको उल्लेख गरे ।  

नेपाली काँग्रेसका सचेतक हिक्मत विष्टले जिल्लाबाट आयोजना सिफारिस गर्दा गहिरो अध्ययन नभएको कारण बजेट निर्माण जटिल भएको भन्दै अब संकलनमुखी होइन, आवश्यकता र प्रभाव आधारित आयोजना छनोट गरिनुपर्नेमा जोड दिए।

नेकपा (एमाले)का सचेतक टेकराज पछाइले कार्यविधिको निर्माणले कर्णालीमा सुशासनको सकारात्मक संकेत दिएको बताउँदै विगतमा भएका कमजोरीलाई सुधार गर्दै परिणाममुखी योजना कार्यान्वयनको कार्यविधिले आधार तयार गरिएको उल्लेख गरे । 

त्यस्तै, नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले प्रस्तुत कार्यविधि र मापदण्डप्रति सन्तोष व्यक्त गर्दै यसलाई अझ सरल बनाउन गर्न सुझाव दिइन् । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले छलफलमा उठेका सुझावहरूको अध्ययन गरी कार्यविधि र मापदण्डमा आवश्यक संशोधन गरिने जानकारी दिए । 

कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेश सरकारका मन्त्रीहरू, कर्णाली प्रदेशसभा सदस्यहरू, गाउँपालिका महासंघ र नगरपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise