काठमाडौं : गायिका सुनिता अधिकारीको स्वरमा रहेको तिज गीत ‘बैंस ढलमल, म अलमल’ सार्वजनिक भएको छ । यो गीतमा उनलाई गायनमा सरोज बिरही कार्कीले साथ दिएका छन् । गीतमा कार्कीकै संगीत रहेको छ ।
उमेर, बैंसको चर्चा गरिएको म्युजिक भिडियो गायिका अधिकारीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
शिव विकको निर्देशनमा तयार गीतको म्युजिक भिडियोमा रिया खड्का, अमिश उपरकोटीलगायतको अभिनय रहेको छ । गीतमा उमेर, बैंसको चर्चा गरिएको छ ।