२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

वनवसा पुलमा चार पाङग्रे सवारी साधन सञ्चालनमा रोक

shivam cement
२०८२ साउन २० गते ०७:४०
Shares
वनवसा पुलमा चार पाङग्रे सवारी साधन सञ्चालनमा रोक

कञ्चनपुर : कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल-भारत जोडने नदीमाथिको वनवसा पुलमा चार पाङग्रे सवारी  साधन सञ्चालनमा लगाइएको रोक यथावत राखिएको छ ।

सोमबार बिहान नदीमा पानीको बहाव एक लाख क्युसेकमाथि पुगेपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहावमा वृद्धि भएर एक लाख ६८ हजार ३४४ क्युसेक पुगेको थियो । बेलुका  ८ बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख नौ हजार ९८० क्युसेक प्रहरी नायब उपरीक्षक सागर बोहराले उल्लेख गरे । उनका अनुसार नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।  

ADV

ताजा खबर

सम्बन्धित खबर