२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

कोमल वलीले ल्याइन् तिज गीत ‘सिंगापुरे सारीमा’

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते १९:१३
कोमल वलीले ल्याइन् तिज गीत ‘सिंगापुरे सारीमा’

काठमाडौं : गायिका कोमल वलीको स्वरमा नयाँ तिज गीत ‘सिंगापुरे सारीमा’ सार्वजनिक भएको छ । यादवप्रसाद पन्त र बसन्त योगीको शब्द रहेको गीतमा संगीत एवं एरेन्ज पुष्कर सुनुवारले गरेका छन् ।

गीतको भिडियो एक कार्यक्रमका बीच नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विमोचन गरे । विमोचन कार्यक्रममा अध्यक्ष लम्सालले गीतको शब्द तथा भिडियो उत्कृष्ट भएको प्रतिक्रिया दिए ।

विशेषगरी दर्जनौं लोक तथा दोहोरी गीतमा निकै चर्चा कमाएकी गायिका वलीले नेपाली चलचित्रका गीत समेत गाएकी छन् । पछिल्लो समय राजनीतिमा होमिएकी गायीका वलीले यो वर्ष ‘सिंगापुरे सारीमा’लगायतका तिज गीतमा आफ्नो स्वर भरेकी छन् ।

इक्षा अधिकारी र स्वयं गायिका वलीको अभिनय रहेको गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रसान्त मगरले गरेका छन् भने भिडियो दिनेश पराजुलीले खिचेका हुन् ।

गायिका वलीको विवाह गर्ने आश अझै नमरेको र त्यसका लागि भगवान शिवलाई पुकार गरेको आशय गीतको शब्दमा सुन्न पाइन्छ । भिडियो पनि भगवान शिवकै आरधना तथा पूजा गर्दै विवाहको लगन नजुराइदिएको र यसपालिको तिजमा केही हुने अपेक्षलाई समेटेर निर्माण गरिएको छ ।

रचनाकार तथा प्रोड्युसर पन्तले सात समुद्र पारी रहेर पनि नेपाली नारीहरूको महान पर्व तिजलाई मध्यनजर गरेर गीत बजारमा ल्याइएको बताए । दर्शक, स्रोताले गीत मनपराइदिनेमा पन्त आशावादी छन् । म्युजिक भिडियो एसआरआई क्रियसनबाट सार्वजनिक भएको छ ।


ADV

सम्बन्धित खबर

Advertise