काठमाडौं : गीतकार उत्तम केसी नेपालको शब्दमा तयार पारिएको मर्मस्पर्शी गीत ‘छातीभित्र मुटु चल्छ’को भिडियो सार्वजनिक गरिएको छ । ब्राण्ड यु पिक्चर्स प्रा.लि.को निर्माणमा तयार पारिएको यस गीतको भिडियो ‘चुईचुई पारेर टिभी’ युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।
गीतमा सिक्किम याक्थुङ स्टार गायिका अञ्जना नाल्भोको स्वर रहेको छ भने संगीत संयोजन पुष्कर सुनुवारले गरेका छन् । गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् ।गीतको निर्देशन अमर ओलीले गरेका छन् भने छायांकन ज्ञानकुमार कटेलले गरेका छन् ।
मुकुन्द मैनाली, विनिता भण्डारी, सिद्धान्त बोहरा, मनोज केसी र सानु कान्छा महर्जन अभिनयमा देखिएका छन् । श्रृंगार मिरा लामा, सम्पादन प्रेम शर्मा पौडेल र व्यवस्थापन मनोज केसीले सम्हालेका छन् ।
गीतका निर्माता उत्सव केसी हुन् । उत्तम केसी नेपालको शब्द, अञ्जना नाल्भोको स्वर र समग्र टिमको प्रस्तुति रहेको यस गीतले दर्शकमाझ राम्रो प्रभाव पार्ने विश्वास निर्माण पक्षले लिएको छ ।