२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

बुद्धका कारण पनि नेपाल विश्वभर चिनिएको छः मन्त्री पाण्डे

Nada
२०८२ साउन १९ गते १८:२१
Shares
बुद्धका कारण पनि नेपाल विश्वभर चिनिएको छः मन्त्री पाण्डे

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मिएका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् ।

ncell

गुरु पद्मसम्भवको जन्म दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले बुद्ध जन्मस्थल भएका नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरूको सङ्ख्या बढिरहेको उल्लेख गरे । 

मन्त्री पाण्डेले भने, ‘हामी बुद्ध र वेदको धरोहर बोकेको देशका नागरिक हौँ, यो पहिचानलाई थप सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’ 
 
उनले गुरु पद्मसम्भवले हिमाली बौद्ध परम्परालाई अघि बढाउनुका साथै बौद्ध दर्शनको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गरेको बताए । उनको योगदान विश्वभर फैलिएको बुद्ध दर्शनको एउटा महत्त्वपूर्ण आधार भएको पनि मन्त्री पाण्डेको भनाइ थियो । 

‘पहिलोपटक गुरु पद्मसम्भवको जन्म दिवसलाई औपचारिक रूपमा कार्यक्रम गरी मनाउनु ऐतिहासिक कदम हो । यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयाग हुनेछ’, उनले भने । 

मन्त्री पाण्डेले बुद्धको शिक्षालाई संसारले अझै पनि ग्रहण गरिरहेको चर्चा गरे । ‘भौतिक सम्पन्नताले एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तरमनको शान्ति बुद्धमार्गबाट मात्र सम्भव हुन्छ । त्यसैले बुद्ध शिक्षा झनै सान्दर्भिक बन्दै गएको छ’, उनको भनाइ थियो ।  

ताजा खबर

सम्बन्धित खबर