२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

निर्माणाधिन खेलकुद पूर्वाधारको जिम्मेवारी सम्बन्धित प्रदेशलाई नै जिम्मा दिने तयारीमा सरकार

Nada
२०८२ साउन १९ गते १८:०७
Shares
निर्माणाधिन खेलकुद पूर्वाधारको जिम्मेवारी सम्बन्धित प्रदेशलाई नै जिम्मा दिने तयारीमा सरकार

काठमाडौंः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निर्माणाधीन खेलकुद पूर्वाधार प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताएका छन् ।

ncell

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । संघ सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सम्भव नहुने भन्दै पूर्वाधारको प्रकृतिअनुसार निर्माणाधीन खेल पूर्वाधारलाई सम्बन्धित प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।

उनले पूर्वाधारहरुको मर्मतसम्भारको सम्भाव्यता मूल्याङ्कन गरेर सम्बन्धित प्रदेशलाई हस्तान्तरण गरिने बताए । मन्त्री चौधरीले खेल क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य र समन्वय जरुरी रहेको बताए ।

उनले भने, ‘प्रत्येक प्रदेशमा निर्माणाधीन भौतिक पूर्वाधारका कामहरुपनि सम्बन्धित प्रदेशलाई नै हस्तान्तरण गर्ने नीति छ । केही समयपछि रंगशाला निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिँदैछौं । खेलकुदको विकासका लाग हामी स्थानीय तहलाई पनि जिम्मेवार बनाउँदैछौं । ओएम सर्वे नभएको हुनाले अहिले हस्तान्तरण गर्न सकिरहेको अवस्था छैन । त्यो सर्वेक्षण सकिएपछि तीन वटै तहका सरकारलाई जिम्मेवारी वर्गीकरणको काम गर्न लागेका छौं । विद्यालयको मार्फतबाट खेलकुदको विकास गर्नुपर्ने भएको कारण हामी यसरी ग्रासरुट रुपबाटै खेलकुदको विकास गर्न खोजिरहेका छौं ।’

विधेयकमाथिको छलफलमा सहभागी सांसदहरुले खेलकुद क्षेत्रको विकासका लागि ग्रासरुटबाटै काम गर्नेगरी विधेयक ल्याउनुपर्ने धारणा राखेका छन् ।

ताजा खबर

सम्बन्धित खबर