काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गतिविधिका कारण करीव एक वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी खुल्ने आशंका बढेको छ । वर्तमान श्रम मन्त्री गोकर्ण विष्ट वहाल रहुन्जेल मलेसिया नखुल्ने चौतर्फी ठोकुवा भइरहेको बेला मन्त्रालयमा गत शुक्रबारदेखि देखिएको व्यवसायी÷नेताहरु र अधिकारीहरुको दौडधुपले कतै मन्त्री विष्टकै पालामा मलेसिया खुल्ने त होइन भन्ने आंशका बढाएको हो ।
गत जेठ २ गतेदेखि बन्द रहेको मलेसियाको रोजगारी रोकिएको गत चैत १ गते १० महिना पुरा भएको छ । त्यसयता मन्त्रालयले मलेसियाको एक टनेल कम्पनीका लागि ३० जनावाहेक अन्य नेपालीलाई रोजगारीमा जाने नयाँ कामदारलाई श्रम स्वीकृति दिएको छैन ।
तर गत हप्ता मन्त्रालयले गरेका विभिन्न गृहकार्यका आधारमा अवरुद्ध रहेको मलेसिया रोजगार प्रक्रिया सूचारु गर्ने र पहिलो चरणमा यसअघि कलिङ भिषा पाएका कामदारहरुलाई श्रम स्वीकृति दिने मनस्थितिमा मन्त्रालयको उच्च नेतृत्व पुगेको आशंका गरिएको छ । मन्त्रालयले सोचे अनुसारको तयारी पुरा भए सोमबार वा मंगलबारसम्म मलेसिया कामदार पठाउनेबारे मन्त्रालयले निर्णय गर्ने कतिपयको विश्लेषण रहेको छ ।
नेपाल सन् २००१ देखि नै मलेसियाको कामदार आपूर्ति गर्ने श्रोत मुलुक हो । हाल त्यहाँ ५ लाख बढी नेपाली रहेका छन् । त्यहाँ रहेका र नयाँ जाने दुबै कामदारको हितका लागि भन्दै गत कार्तिकमा नेपाल र मलेसियाबीच द्धिपक्षीय श्रम समझदारी भएको थियो ।
मलेसियासँग श्रम समझदारी भए लगत्तै मन्त्री विष्टले त्यसलाई ऐतिहासिक उपलब्धी भएको बताएका थिए । तर पाँच महिना बितिसक्दा पनि कामदार जाने बातावरण नबनेपछि रोजगारीमा जाने कामदार र पठाउने म्यानपावर कम्पनी निराश हुँदै आएका छन् । कतिपयले मन्त्री बिष्टले आफु निकटलाई मलेसियाको काम दिलाउन खोजेको आरोप समेत लगाएका छन् । तर मन्त्री विष्टले सञ्चारमाध्यम मार्फत त्यसको प्रतिवाद गर्दै आएका छन् ।
व्यवसायीहरुले केही समयअघि जिम्मेवारी सम्हाल्न मलेसिया गएका नवनियुक्त नेपाली राजदुत उदयराज पाण्डेलाई मलेसिया रोजगारीको अवरोध एक हप्तामै समाप्त गर्न अनुरोध गरेका थिए । तर राजदुत पाण्डेले मलेसियाको हकमा नेपालले मात्रै चाहेर समस्याको समाधान नआउने भन्दै आफुले सक्दो प्रयास गर्ने आश्वासन दिएका थिए ।
द्विपक्षीय श्रम समझदारीको लामो समयसम्म पनि कलिङ भीषा पाएका कामदार जान नपाएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी सघले औपचारिक रुपमै मलेसियासँगको द्धिपक्षीय श्रम समझादरी भंग भएको घोषणा गर्न माग गरेको थियो ।
नेपाल र मलेसियाबीच श्रम समझदारी भएपछि मलेसिया रोजगारी खुल्ने सर्वत्र अपेक्षा गरिएको थियो । तर, समझदारीमा पुरानै संयन्त्रबाट कामदार मलेसिया जानुपर्ने प्रावधान रहेपछि मन्त्री विष्टका आसेपासेहरुले पुरानै संयन्त्रबाट मलेसिया जान स्वीकृति दिने हो भने त शिर निहु¥याए भइहाल्यो नि भन्ने मन्त्रणा गरिदिएका कारण अहिलेसम्म मन्त्री विष्ट पछाडी हटेको स्रोतको दाबी छ । अहिले पनि अवस्था उस्तै रहेकोले मलेसिया तत्काल खुल्ने सम्भावना नभएपनि मन्त्रालयका पछिल्ला घटना परिघटनाहरुले मलेसिया खुल्ने त होइन भन्ने आंशका बढेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies