२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

गाली गर्नै छ भने शब्दकोषबाट शब्द खोजी खोजी गरे हुन्छ : प्रधानमन्त्री ओली

shivam cement
मध्यान्ह
२०८२ साउन १८ गते १५:३४
गाली गर्नै छ भने शब्दकोषबाट शब्द खोजी खोजी गरे हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अभिव्यक्त गरेका कुराहरुको भुक्तानी कुनैपनि समयमा दिन आफू तयार रहेको बताएका छन् ।

आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफूले भनेका कुनैपनि कुराहरु गलत भए तत्काल भुक्तानी दिने बताए ।

प्रधानमन्त्री ओलीले सरकारको परिभाषा बदल्नुपर्ने जरुरी रहेको बताए । उनले सरकार शासक नभइ व्यवस्थापक र सेवक भएको बताए ।

प्रधानमन्त्री ओलीले देशमा सुशासन र विकास दिने काम सरकारको भएको बताए । सरकार जनता र देशप्रति उत्तरदायी मात्रै नभइ जिम्मेवारसमेत बन्नुपर्ने उनले उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले आफूमाथि कसैलाई पनि गाली गर्नुछ भने शब्दकोष पल्टाएर शब्द खोजी खोजी गाली गर्न पाइने पनि बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise