२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

जलवायु परिवर्तनका असर सम्बन्धमा नेपालले भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

shivam cement
मध्यान्ह
२०८२ साउन १८ गते १४:२२
जलवायु परिवर्तनका असर सम्बन्धमा नेपालले भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं : सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसद्को तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताएका छन् ।

जेनेभामा सभामुखहरुको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आइतबार स्वदेश फर्किएका सभामुख घिमिरेले यसबारे जानकारी गारएका हुन् । उनले लवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको बताए । त्यसबारे पनि सम्मेलनमा छलफल भएको उनले जानकारी दिए ।

अन्तर व्यवस्थापिक संघ (आईपीयू) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एशिया प्यासिफक रिजनको जलवायुका असरहरुसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको उनले बताए ।

सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) र संयुक्त राष्ट्रसंघ (यूएन)द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे साउन ११ गते जेनेभा प्रस्थान गरेका थिए । सम्मेलनको दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसद्का सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise