२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

‘चिठ्ठी’को गीत ‘सिन्दुरको रंग’ सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ साउन १६ गते १८:२९
‘चिठ्ठी’को गीत ‘सिन्दुरको रंग’ सार्वजनिक

काठमाडौं : भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिठ्ठी’को दोस्रो गीत ‘सिन्दुरको रंग’ एक समारोहका बीच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकारहरूको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको हो । 

एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई माधवराज खरेलले निर्देशन गरेका हुन् । कुवेर डिस्टिब्युटर्स प्रालिले वितरण गर्ने चलचित्र ‘चिट्ठी’ हरर र कमेडी जनरामा निर्माण गरिएको निर्माण पक्षले बताएको छ । सार्वजनिक गरिएको गीत ‘सिन्दुरको रंग’ चलचित्रको भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन संघर्ष तथा आफ्ना पतिप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ ।

गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाको संगीत र गायिका बेनिषा पौडेलको स्वर रहेको छ । चलचित्रकी निर्माता सञ्चारकर्मी कमला जोशी हुन् ।

चलचित्रमा खड्गबहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुसाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेललगायत कलाकारहरूको अभिनय रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise