२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

नहरले बगाउँदा वृद्धको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ साउन १६ गते १६:५४
नहरले बगाउँदा वृद्धको मृत्यु

पाल्पाः रामपुर नगरपालिकामा रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाको नहरले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । 

रामपुर–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धनबहादुर थापाको आज नहरले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए । 

घरबाट एक्लै निस्किएका उनी रामपुर–५, बेझाँडस्थित नहरको दुई नम्बर शाखामा बग्दै गरेको अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

ADV

सम्बन्धित खबर

Advertise