जुम्ला : जुम्ला घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी १५ वर्षीया किशोरी ४ दिनदेखि बेपत्ता भएकी छन् । जुम्लाको सिंजा गाउँपालिका-५ घर भई भक्तपुरको सिर्जनानगरमा अध्ययनको शिलशिलामा बस्दै आएकी मनिषा भट्ट साउन १२ गते साँझ ६ बजेदेखि सम्पर्कविहीन बनेकी हुन् ।
मनिषा भक्तपुरको ठिमी आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनका दाजु धिरेन्द्र भट्टका अनुसार साउन १२ गते सोमबार साँझ ६ बजेपछि उनी अचानक सम्पर्कविहीन भएकी हुन् । 'सोमबार साँझ कोठाबाट निस्किएपछि अहिलेसम्म उनको कुनै अत्तोपत्तो छैन,' उनका दाजु धिरेन्द्रले बताए ।
मनिषा बेपत्ता भएपछि अहिले उनका आफन्तले भक्तपुर प्रहरीमा उजुरी दिएका छन् भने विभिन्न माध्यमबाट खोजी कार्य अगाडि बढाइएको छ । तर अहिलेसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
मनिषालाई देख्ने वा चिन्ने जोकोहीलाई नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा परिवारसँग (दाइ धिरेन्द्र भट्ट : ९८४५४०९१६०) सम्पर्क गर्न अनुरोध गरिएको छ । साथै, परिवारले सामाजिक सञ्जालमार्फत पनि सूचना शेयर गरी सहयोगको अपिल गरेका छन् ।