२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

राजपुर पानीट्यांकी बजारको ठेक्का करोडौंमा, तर व्यवस्थापन शून्य

shivam cement
इसत्याक अहमद
२०८२ साउन १५ गते २१:५३
राजपुर पानीट्यांकी बजारको ठेक्का करोडौंमा, तर व्यवस्थापन शून्य

रौतहट : रौतहटको राजपुर नगरपालिका अन्तर्गत पर्ने पानीट्यांकी बजारको ठेक्का १ करोड ९० लाख रुपैयाँमा सम्झौता भएको छ । यसपटक बजार ठेक्काको जिम्मेवारी स्थानीय व्यवसायी मोहम्मद मोमताज आलमले लिएका छन् । 

स्थानीय तहको पहिलो निर्वाचनपछि नगरप्रमुख बनेका मोहम्मद सकिल अख्तरको कार्यकालमा सोही बजारको ठेक्का एक लाख रुपैयाँमा सम्झौता भएको थियो । दोस्रो कार्यकालमा ठेक्काको रकम ६५ लाख रुपैयाँ हाराहारीमा पुगेको थियो । 

वर्तमान मेयर राजिक आलमको पहिलो कार्यकालमा बजारको ठेक्का १ करोड ५३ लाख रुपैयाँमा भयो । अहिले उनको दोस्रो कार्यकालमा ठेक्का रकम बढेर १ करोड ९० लाख रुपैयाँमा पुगेको छ ।

यद्यपि, बजार ठेक्काबाट करोडौं रुपैयाँ राजस्व संकलन भइरहँदा पनि बजार व्यवस्थापन कमजोर भएको व्यापारीहरूको गुनासो छ । दुई कार्यकालदेखि नगरपालिकाको नेतृत्व सम्हालिरहेका मेयरले बजारको जग्गा व्यवस्थापन, स्थायी संरचना निर्माण, र व्यवस्थित व्यापार प्रणाली विकास जस्ता आधारभूत काममा चासो नदिएको स्थानीयको आरोप छ ।

राजस्वको पारदर्शिता पनि एक मुख्य चिन्ता बनेको छ । बजारबाट उठेको रकम कहाँ खर्च भयो भन्ने विषयमा नगरपालिकाले प्रष्ट जानकारी दिन नसक्दा दुरुपयोगको आशंका बढ्दो छ ।

बजारमा व्यापार गर्ने व्यवसायीहरूका अनुसार, ठेक्का रकम बढ्दै गएको भएपनि सुविधा र सेवा भने घट्दो अवस्थामा छन् । उनीहरूले शुल्क तिर्नुपरे पनि आवश्यक पूर्वाधार, सफा वातावरण, र सुरक्षाको प्रत्याभूति पाउन सकेका छैनन् । 

स्थानीय भन्छन्,‘राजनीतिक नेतृत्वको चर्चा त भइरहन्छ, तर ठोस विकास र बजार व्यवस्थापनमा ध्यान नदिँदा आम जनताको जीवन प्रभावित भएको छ ।’

ADV

सम्बन्धित खबर

Advertise