२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

रुकुमपूर्वको सदरमुकाम तोक्ने विषय पुनः सर्वोच्चमा

shivam cement
बालाराम शेर्पाली
२०८२ साउन १५ गते २०:१३
रुकुमपूर्वको सदरमुकाम तोक्ने विषय पुनः सर्वोच्चमा

रुकुमपूर्व : रुकुमपूर्वको सदरमुकाम तोक्ने विषय पुनः सर्वोच्च अदालतसम्म पुगेको छ । लामो समयदेखि विवादित रहँदै आएको सदरमुकामको स्थान नेपाल सरकार मन्त्रिपरिषद्को साउन ७ गतेको निर्णयअनुसार सिस्ने गाउँपालिका–५ र ६ मा पर्ने रुकुमकोटलाई तोकिएको हो । उक्त निर्णय साउन १२ गते राजपत्रमा प्रकाशित गरिएको थियो । 

तर, भूगोलका आधारमा निर्णय नभएको भन्दै साउन १४ गते सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अदालतले सिस्ने गाउँपालिकालाई कारण देखाउ आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार दफा ३ को उपदफा २ बमोजिम सरकारले सदरमुकाम तोक्न सक्ने कानुनी व्यवस्था भए पनि यो निर्णयलाई लिएर जिल्लाभित्रै असन्तुष्टि देखिएको छ । अदालतको निर्णयपछि सदरमुकामको विषय फेरि कानुनी अन्योलमा पर्ने देखिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise