२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

उद्यमीमाझ प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔं’

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते १४:३८
उद्यमीमाझ प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔं’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौं’ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

“हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौं । त्यसपछि विकासित मुलुकमा पुग्नेछौं । हाम्रो देश अरूले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकासनिर्माण र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौं”, प्रधानमन्त्री ओलीले भने, “हामी सबै लागेमा ‘वी क्यान डू’.... नेपाल बन्छ ।”

ADV

सम्बन्धित खबर

Advertise