२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

एनआरएनए स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्विरोध निर्वाचित

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते १३:१२
एनआरएनए स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्विरोध निर्वाचित

मड्रिड, स्पेन : गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नयाँ कार्यकालका लागि सन्तोष श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको नवौं महाधिवेशनमार्फत श्रेष्ठ आगामी दुई वर्षका लागि अध्यक्ष चुनिएका हुन् ।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि श्रेष्ठको नाम समन्वय समितिको साझा प्रस्तावबाट अघि सारिएको थियो । अन्तिम समयमा एमाले निकट प्रवासी नेपाली मञ्चका अध्यक्ष केदार ढुंगानाले दाबी गरे पनि उम्मेदवारी दर्ता नगरेपछि प्रतिस्पर्धा नभएको हो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका लालबहादुर क्षेत्रीको नाम चर्चा भए पनि औपचारिक उम्मेदवारी आउन सकेन । माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्चले भने सहमतिमा अवरोध नहुने निर्णय गर्दै उम्मेदवारी नदिएको बताइएको छ ।

यसअघि नेपाली कांग्रेस निकट जनसम्पर्क समिति स्पेनको नेतृत्व सम्हाल्दै आएका श्रेष्ठले प्रवासी नेपाली समुदायको विश्वास जित्दै संघको नेतृत्व लिन सफल भएका हुन् । अध्यक्षमा निर्वाचित भएको घोषणापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै उनले एनआरएनए स्पेनलाई समावेशी, एकताबद्ध र सेवा–मुखी संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

स्याङ्जाको आधिखोला गाउँपालिकामा जन्मिएका श्रेष्ठ विगत लामो समयदेखि स्पेनमा नेपाली समुदायसँग जोडिएर सामाजिक, संस्थागत र संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

श्रेष्ठको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र भुजेल थापा चयन भएका छन् । उपाध्यक्षमा जमुना देवी सापकोटा, दिपक बस्नेत, मालती पन्त र देव राज सापकोटा रहेका छन् । महासचिवमा नविन घिमिरे र उपमहासचिवमा सुबास बहादुर बिष्ट निर्वाचित भएका छन् ।

त्यस्तै, सचिवमा गणेश राज अधिकारी र प्रविन लोहार छन् भने क्षेत्रीय सचिवका रूपमा दिलकुमारी तामाङ (मड्रिड) र नवराज दुवाडी (कोस्टा ब्लांका) चयन भएका छन् । कोषाध्यक्षमा नारायण प्रसाद सुबेदी र सह–कोषाध्यक्षमा सुमन खड्का छन् ।

महिला संयोजकमा लक्ष्मी घिमिरे (शर्मा), युवा संयोजकमा दिपिका श्रेष्ठ, युवा उप–संयोजकमा प्रलाद कार्की छन् । कार्यसमितिका सदस्यहरूमा मोहनराज गौतम, चन्द्रकान्त पोखरेल, भीमसेन कार्की, बिष्णु बहादुर सार्की र सम्भर बहादुर गिरि रहेका छन् । साथै अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यका लागि रोशन पाठकको नाम प्रस्ताव गरिएको छ ।

श्रेष्ठको नेतृत्वमा गठित नयाँ कार्यसमितिलाई स्पेनस्थित नेपाली समुदाय र विभिन्न संघसंस्थाहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise