२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशु वस्तु मरे

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते ११:३२
अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशु वस्तु मरे

हुम्ला : एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा धेरै पशु वस्तु मरेका छन् । गाउँपालिका-६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशु वस्तु मरेका हुन् ।

अचानक पशु वस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौ वटा गाई तथा १४ भन्दा धेरै गोरुलगायत पशु वस्तु मरेका स्थानीय हरिबहादुर शाहीले जानकारी दिए। यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म उनको मासिधारालगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशु वस्तु मरेपछि ठूलो क्षति पुगेको छ ।

अधिकांश पशु वस्तु जंगलतिर खर्क रहेकाले अन्य पशुवस्तबारे यकिन विवरण आउन बाँकी छ । खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छ भने अन्य गाई गोरुसमेत थला परेका छन् । अज्ञात रोगको महामारीका कारण पशु वस्तु मर्न थालेपछि खर्क क्षेत्रको जंगल गन्हाउने भएको छ ।

सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशुवस्तुहरु अझै बिरामी परेका स्थानीयले जनाएका छन् । गाउँपालिकाको पशु शाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे ।

यहाँ हिउँदका लागि पशु वस्तुलाई घाँस संकलन, बर्खे बालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशु वस्तु खर्कमा लिने प्रचलन छ ।

ADV

सम्बन्धित खबर

Advertise