काठमाडौंः राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ । सो प्रस्तावलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गरेका थिए ।
यसअघि बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ का सम्बन्धमा सांसदहरुले छलफलमा उठाएका विषयहरु र सो सम्बन्धमा प्रधानमन्त्रीले जवाफका सिलसिलामा व्यक्त गरेको विचारसमेतका आधारमा उक्त प्रतिवेदनमा समावेश भएको सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन २३ गते शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।