२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

चाँगुनारायणमा विदेशी पर्यटक : वार्षिक एक करोड १९ लाख आम्दानी

shivam cement
२०८२ साउन १४ गते १०:३९
Shares
चाँगुनारायणमा विदेशी पर्यटक : वार्षिक एक करोड १९ लाख आम्दानी

भक्तपुर : विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् । 

चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकको आएका छन् ।  

विदेशी पर्यटकबाट चाँगुनारायणले रु एक करोड १९ लाख १० हजार ४०० राजस्व संकलन गरेको छ । भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु ३०० का दरले पर्यटन शुल्कबापत रु १७ लाख २६ हजार ८०० राजस्व संकलन भएको हो । त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु ४०० का दरले रु एक करोड एक लाख ८३ हजार ६०० संकलन भएको उनले जानकारी दिए। 

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत संकलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर