२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

Nada
२०८२ साउन १४ गते ०८:०६
Shares
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

काठमाडौँ : नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक मंगलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

ncell

बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको निरीक्षण र मर्मतसम्भारका कामलाई अझै प्रभावकारी बनाउन सर्वेक्षण र नक्सांकनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गरेका थिए ।

बैठकले अगष्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा सोही स्थानमा आयोजित नापी विभागका अधिकारी सम्मिलित बैठकको कार्य प्रगतिको समीक्षा गरिएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

बैठक विभिन्न सहमति पत्रमा हस्ताक्षरसँगै समापन भएको र दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना नेपालमा आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै, सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति जनाएका छन् ।

सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन २०१४ मा गठन भएको संयुक्त निकाय हो । 

ताजा खबर

सम्बन्धित खबर