२०८२ साउन १४ गते बुधवार / Jul 30 , 2025 , Wednesday
२०८२ साउन १४ गते बुधवार
Ads

‘शिवांश’को छायांकन पोखरामा सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ साउन १३ गते १९:४३
‘शिवांश’को छायांकन पोखरामा सम्पन्न

काठमाडौं : चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखरास्थित लामाचौरको अकला मन्दिरमा पूजा गरेर थालिएको छायांकन ३६ दिनमा सम्पन्न गरिएको हो ।

निर्माता अञ्जान केसीका अनुसार पोखरा र आसपासका क्षेत्रहरूमा सिनेमाका दृश्य र गीत खिचिएसँगै छायांकन पूरा भएको हो । उनले भने, “हामीले पोखराको पामेमा छायांकन गरिएको ‘उकुस मुकुस’ बोलको गीत सहित कुनै अवरोधविना काम सम्पन्न गरेका छौं । अब पोस्ट–प्रोडक्सनमा तीव्रता दिनेछौं ।”

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा बनेको यो चलचित्र सन्तोष कुमार आत्रेयको निर्देशनमा तयार भएको हो । यो उनको डेब्यु निर्देशन हो ।

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । साथै, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतको पनि अभिनय रहेको छ ।

सिनेमाको कथा निर्माता अञ्जान केसीले लेखेका हुन् भने पटकथा बारत लिम्बूले तयार पारेका हुन् । स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारतीले योगदान दिएका छन् ।

चलचित्रका सहनिर्माता शोभा भण्डारी र अनिस केसी बोगटी छन् । सम्भू थापा कार्यकारी निर्माता हुन् । छायांकन सरद महतोले गरेका हुन् भने गीत विप्लव प्रतीक र राजनराज शिवाकोटीले लेखेका छन् । संगीत न्ह्यु बज्राचार्य र शिवाकोटीको रहेको छ । गीतहरूमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीले स्वर दिएका छन् ।

चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको, नृत्य निर्देशन विक्रम चोहानको रहेको छ । भीएफएक्स निर्देशक तथा सुपरभाइजर विराज खड्का र निर्माता आदेश सुब्बा (गुडरेज पिक्चर्स) रहेका छन् ।

प्रमुख सह–निर्देशक बारत लिम्बू, आर्ट डाइरेक्टर प्रतीक चौधरी, प्रोडक्सन डिजाइनर मिलन मानन्धर, कस्ट्युम कमल मिश्र, मेकअप तुलसा लिम्बू र पोस्टर फोटोग्राफर युवाहाङ राई रहेका छन् ।

चलचित्रको पोस्ट–प्रोडक्सन कार्य चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन) ले लिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise