२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं

shivam cement
२०८२ साउन १३ गते १४:३२
Shares
देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं

काठमाडौंः नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले देशमा थप विमानस्थल आवश्यक हो वा होइन भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो । समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल धेरै ठाउँमा पुगिसकेको र विमानस्थलहरुको सञ्चालन हुन नसकिरहेको बताएको उल्लेख गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने कञ्चनपुरमा विमानस्थल बनाउने योजनाअनुसार अघि बढ्नुले संशय पैदा भएको बताए । अब सरकारले पर्यटनसँग सम्बन्धित पूर्वाधार बनाउनुपर्ने बताए । 

उनले भने, ‘अहिले पर्यटन नीति जारी भएको छ । एभिएशन सेफ्टी, एयरपोर्टको सेवा र रेगुलेट अथोरेटीको कुरामा नेपालमा विश्वसनियताको कमी र कालोसूचिबाट हटाउने भन्नेतिर ध्यान गएको छ । पर्यटन नेपालको मुहार फेर्ने ठाउँ हो । पर्यटनसँग सम्बन्धित पूर्वाधार बन्नुपर्छ । प्रधानमन्त्रीज्युले पहिला सडक सञ्जाल थिएन, अहिले सडक गइरहेको भएर सडक भएपछि ति एयरपोर्टहरु चल्न सक्दैनन् भन्नुभएको छ । तर पर्यटन मन्त्रालयले एयरपोर्ट थप्न खोजिरहेको छ । माननीयज्युहरुले पनि निर्वाचन लक्षित एयरपोर्ट बनाउन माग गरिरहनुभएको छ । माननीय गृहमन्त्रीज्युले कञ्चनपुरका लागि एयरपोर्ट माग गरिरहेको समाचारहरु आएको छ ।’

सांसद बजगाईंले निर्वाचन लक्षित गरेर गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा विमानस्थल माग गरिरहेको भन्दै यसबारे स्पष्ट पार्न आग्रह गरे ।    

ADV

ताजा खबर

सम्बन्धित खबर