२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

'नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रभावकारी बनाऔं'

shivam cement
२०८२ साउन १३ गते १४:१४
Shares
'नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रभावकारी बनाऔं'

काठमाडौं : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले विधेयकलाई उच्च प्राथमिकताका साथ समितिमा छलफल गरिरहेको बताए ।

हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयक एक अर्कासँग सम्बन्धित रहेकाले उच्च प्राथमिकताका साथ छिटो समितिबाट टुंगो लगाउन जरुरी रहेको उनले बताए ।

दुई वटै विधेयक एक अर्काका परिपूरक भएको उनले उल्लेख गरे । विधेयकलाई छिटो र प्रभावकारीरुपमा अघि बढाउन समिति क्रियाशील रहेको उनले बताए ।

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर