-राजन बस्नेत
मानिसको फाटेको मन सिलाएर जीवन जिउने माध्यम वा अस्पतालकोे रुपमा स्थापित सामुदायिक मेलमिलाप केन्द्र प्रभाबकारी रुपमा अगाडी बढाउनको निम्ती “दिगो शान्तिका लागि उन्नत सम्बन्ध” भन्ने मूल नारा रहेको प्राकृतिक श्रोत द्वन्द्व रुपानतरण केन्द्र नेपालद्धारा दोलखा जिल्लाका ९ वटै स्थानिय तहमा सामुदायिक मेलमिलाप कार्यक्रम तीब्र गतिमा सञ्चालन भइरहेको छ ।
हरेक विवादमा सामुदायिक मेलमिलाप सम्बन्धी आधारभुत तथा उच्च तालिम प्राप्त मेलमिलापकर्ताहरुको परिचालनबाट देवानी प्रकृतिका विवाद नेपालको कानुनसम्वत रहेर मेलमिलाप गराउने अभियान मा मेलमिलापकर्ताको सक्रियता बढ्दै गैइरहेको छ । हालसम्म दोलखा जिल्लामा ६२ मेलमिलाप केन्द्र गठन भई बिभिन्न किसिमका विवादमा मेलमिलाप भई दिगो शान्तिमा टेवा पुगेको छ ।
दोलखामा भएका केहि गतिबिधिको संक्षिप्त रुप यसरी उल्लेख गर्न सकिन्छ । जिल्लाभर उत्पादित सामुदायिक मेलमिलापकर्ता र सामुदायिक मेलमिलाप कार्यक्रमले साँच्चै नै समाजमा दिगो शान्ति स्थापना गर्नमा ठूलो टेवा पुगिरहेको स्थानीय बासिन्दाको भनाई छ । यसरी स्थानिय तहसँग समन्वय गरेर कार्यक्रम अगाडी बढाउने सन्दर्भमा वडा , गाउँपालिका र नगपालिकासंग समन्वय गरेर कार्यक्रम संचालन गर्न सकियो भने कार्यक्रमको थप प्रभाबकारीता बढ्ने निश्चित देखिन्छ । मेलमिलाप अभियानलाई सार्थक र दिगो वनाउनको लागी सञ्चार जगतको महत्वपूर्ण भुमिका रहेकोले विभिन्न छापा, रेडियो, टेलिभिजन र अनलाईन खवर तथा सामाजिक सञ्जालमार्फत संस्थाद्धारा सञ्चालित गतिविधिलाई जनतामाझ पु¥याउन आवाश्यक रहेको देखिन्छ ।
बिबाद समाधानको अबस्था समुदायमा सृजित विवाद सामुदायिक मेलमिलाप केन्द्रद्धारा समाधान गराउने क्रममा दोलखा जील्लामा यस वर्ष स्थानिय तहगत रुपमा दर्ता भई समाधान भएका विवादहरुको संख्या एक हजार भन्दा माथि रहेका छन् । दोलखामा मेलमिलाप अभियानलाई सार्थक र प्रभावकारी वनाउन केहि गाउँपालिका तथा नगरपालिकाले यस मेलमिलाप अभियानको निम्ती रकम विनियोजन गरी विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आईरहेको छन् । भीमेश्वर नगरपालिकाले मेलमिलाप केन्द्र व्यवस्थापनको लागी नगरपालिका अन्तर्गतका ९ वटै वडामा व्यवस्थित मेलमिलाप केन्द्रको स्थापना तथा मेलमिलापकर्तालाई विवाद समाधान गरेवापत थप रकम प्रदान गर्दै आइरहेको छ ।
बिगु, कालिन्चोक, बैतेश्वर, सैलुङ, तामाकोसी, गौरीशंकर गाउँपालिकाले समेत केन्द्र व्यवस्थापन तथा मेलमिलापकर्ताको लागी केहि आवश्यक सहयोग उपलव्ध गराउँदै आईरहेको छ । मेलमिलापकर्ताको सूचिकरणको लागी दोलखा का ७ वटा स्थानीय वाहेक सवै स्थानिय तहमा सम्पन्न भएको र सुचिकृत मेलमिलापकर्तालाई परिचयपत्र वितरण गर्ने कार्य सम्पन्न भईसकेका छन् । साथै संस्थाद्धारा सञ्चालित विभिन्न गतिविधिमा सहकार्य र समन्वयकारी भुमिका विभिन्न स्थानिय तह तथा वडाले गर्दै आईरहेका छन् ।
मेलमिलापकर्तालाई तालिम प्रदान र केन्द्र गठन
२०७२ सालको महाभुकम्प पश्चात दोलखा जिल्लामा संस्थाद्धारा सञ्चालित मेलमिलाप कार्यक्रम अन्तर्गत मेलमिलापकर्ता उत्पादनको निम्ती हालका ७४ वडामा रहेका ६०० सय भन्दा बढी जनालाई आठ दिवसिय आधारभुत मेलमिलाप तालिम र ४ सय जना भन्दा माथी मेलमिलापकर्ताहलाई उच्च तालिम प्रदान गरिएको छ भने यस वर्ष मात्र ९५ जना भन्दा बढी मानिसलाई आधारभुत मेलमिलाप तालिम प्रदान गरिएको छ ।
समुदायमा रहेका क्रियाशिल मेलमिलापकर्तालाई सुचिकृत गरि सक्रिय मेलमिलापकर्ता पहिचान तथा पुर्नताजकी तालिम तथा आधारभुत मेलमिलाप तालिम सञ्चालनको लागी विभिन्न स्थानिय तहहरुले रकम विनियोजन गरी कार्यक्रम सञ्चलन गर्ने योजना वनाइरहेका छन । स्थानिय तहको सहयोगमा कालिन्चोक गाउँपालिकामा मानिसको फाटेको मन सिलाएर जीवन बिताउने अस्पतालकोे रुपमा स्थापित सामुदायिक मेलमिलाप केन्द्र प्रभाबकारी रुपमा अगाडी बढाउनको निम्ती “दिगो शान्तिका लागि उन्नत सम्बन्ध” भन्ने मूल नारा रहेको प्राकृतिक श्रोत द्वन्द्व रुपानतरण केन्द्र, नेपालद्धारा यस दोलखा जिल्लाका ७ वटा स्थानिय तहका ७४ वटा वडा मध्ये ६७ वटा वडामा सामुदायिक मेलमिलाप सम्बन्धि कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ ।
हरेक विवादमा सामुदायिक मेलमिलाप सम्बन्धी आधारभुत तथा उच्च तालिम प्राप्त मेलमिलापकर्ताहरुको परिचालनबाट देवानि प्रकृतिका विवादहरु नेपालको कानुन सम्वत रहेर मेलमिलाप गराउने अभियान क्रियाशिल रहेको छ । हालसम्म यस जिल्लामा ६७ मेलमिलाप केन्द्र गठन भई बिभिन्न विवादमा मेलमिलाप भई दिगो शान्तिमा टेवा पूगेको छ । दोलखा मा भएका केहि गतिबिधिको संक्षिप्त रुप यसरी उल्लेख गर्न सकिन्छ । जिल्लाभर उत्पादित सामुदायिक मेलमिलापकर्ता र सामुदायिक मेलमिलाप कार्यक्रमले साच्चै नै समाजमा दिगो शान्ति स्थापना गर्नमा ठूलो टेवा पुग्ने विश्वास स्थानीय जनताले लिएका छन् । यसरी स्थानिय तहसँग समन्वय गरेर कार्यक्रम अगाडि बढाउने सन्दर्भमा गाउँपालिका र नगपालिकासंग समन्वय गरेर कार्यक्रम संचालन गर्न सकियो भने कार्यक्रमको थप प्रभाबकारीता बढ्ने हेतुले सबै स्थानीय तह संग मिलेर सहकार्य गरी विभिन्न कार्यक्रम हरुलाई निरन्तरता दिइएको छ ।
अभियानसँगै सामाजिक कार्यमा सँस्थाको गतिबिधि
प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रले मेलमिलाप अभियान सँगसँगै दोलखा जिल्लामा विभिन्न समयमा सामाजिक जनचेतना मुलुक क्रियाकलापमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आईरहेको छ । जसअनुसार २०७४ साल फागुन २४ गते आर्थात मार्च ८ अन्तर्रा्ष्ट्रिय नारी दिवसको अबसरमा जनचेतनामुलक सडक नाटक, मेलमिलाप दिवसको अवसर पारेर मेलमिलाप सम्बन्धि सम्बन्धित सरोकारवालासँग अन्तक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस्तैगरी २०७५ भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अबसर पारी बालबालिका, विद्यार्थी, महिला तथा युवालाई लक्षित गरि सदरमुकाम चरिकोटमा मेलमिलापसँग सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । २०७५ सालको राष्ट्रिय युवा दिवसको अबसरमा भी न पा ७ मकैबारीमा लगायत आसपासको गाउँमा मेलमिलाप सम्बन्धि घरदैलो कार्यक्रम सम्पन्न भएको थियो । बिद्यालय भर्ना अभियान कार्यक्रममा सहयोग, बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित नहुन भन्ने उद्देश्यका साथ बालबालिका र अभिवाबकलाई बिद्यालय भर्ना अभियानमा गाउँ गाउँ गयर घरदैलो कार्यक्रमको आयोजना सञ्चालन, जिल्लामा रहेका मेलमिलापकर्ताबीच बन भोज कार्यक्रमको आयोजना, सरकारी तथा गैरसरकारी सस्थाले गरेको कार्यक्रममा मेलमिलाप कर्ताको उत्साहपूर्बक सहभागिता थियो । जिल्ला अदालत, न्यायिक समिति लगायत सरोकारवालाहरुसँग निरन्तर समन्वय, छलफल र अन्तरकृया कार्यक्रममा सल्लाह सुझाव र प्रतिक्रिया समेत लिइएको थियो जसले गर्दा मेलमिलाप कार्यक्रम थप प्रभावकारी भएको छ ।
मेलमिलाप सम्बन्धि गतिविधि तथा अतिरिक्त क्रियाकलाप हेर्दा दोलखाको भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित मकैबारी मेलमिलाप केन्द्र मेलमिलापकर्ताको प्रेरणाको श्रोत हो भन्दा फरक नपर्ला । तसर्थ दोलखा जील्लाको मेलमिलाप अभियानलाई सार्थकता तुल्याउन स्थानिय सरकार, सरोकारवाला संघ संस्था, स्थानिय प्रहरी, मिडिया, सरकारी तथा गैरसरकारी संघसंस्थाको अभियानसँग सम्वन्धित महानुभावको साथ सहयोग र सहकार्य महत्वपूर्ण रहने कुरा अभियान सञ्चालन गर्दा महशुस समेत गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies