दोहा कतार : बिरेन मादेन लिम्बूको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिले शपथ लिएसँगै संखुवासभा समाज कतारको चौथो साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामार्फत समाजको वरिष्ठ उपाध्यक्षमा पदम प्रसाद सिम्खडा, प्रथम उपाध्यक्ष भवानी शंकर पौडेल, द्वितीय उपाध्यक्ष मान बहादुर तामाङ, महासचिव शिव कुमार खत्री, उप–महासचिव सञ्जय के.सी., सचिवद्वय उमेश सुबेदी, विक्रम निरौला, कोषाध्यक्ष प्रकाश लिम्बू, सह–कोषाध्यक्ष खड्ग बस्नेत रहेका छन् ।
साहित्य संयोजक राज कुमार सुवेदी, महिला संयोजक कृष्णा राई, रहेका छन् भने सदस्यहरूमा दीपेन्द्र कार्की, डम्बर अधिकारी,सञ्जीव तामाङ,टेक बहादुर कट्टुवाल,सञ्जीव कुमार श्रेष्ठ,विमला न्यौपाने,मीन कुमार कार्की,जीवन मते, गोविन्द मते,विद्या न्यौपाने,कविता राई मादेन,पवन लिम्बू,भीम बहादुर श्रेष्ठ,परशुराम सुवेदी र सन्तोष निरौला रहेका छन् ।
सभामा संस्थागत प्रगति प्रतिवेदन महासचिव पदम सिम्खडाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष शिव खत्रीले प्रस्तुत गरेका थिए । महासचिव पदम प्रसाद सिम्खडाले सहजीकरण गरेको कार्यक्रमलाई संस्थागत रूपमा प्रथम उपाध्यक्ष बिरेन मादेनले स्वागत मन्तव्य राखेका थिए । यस्तै कार्यक्रमा संखुवासभामा प्रचलित मारुनी नृत्यमा सांस्कृतिक संयोजक खड्ग बस्नेत, कलाकार द्वय सृजना खनाल र ललिता बि.क.ले स्वागत नृत्य प्रस्तुत गरेका थिए । केही समय पहिले समाजले कतारमा भित्र्याएको पञ्चेबाजाले उपस्थितलाई नाच्न बाध्य पारेको थियो । कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतासहित शुभकामना मन्तव्य रहेको थियो ।
समाजका अध्यक्ष राजेन्द्र खनालको अध्यक्षता तथा कोशी समन्वय परिषद् कतारका अध्यक्ष पदम कुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सभामार्फत समाजका संरक्षकहरू, सल्लाहकारहरू, पूर्वकार्यसमिति, आजीवन सदस्य, मानार्थ सदस्य, समाजसेवी, पत्रकारहरू र कलाकारहरूलाई सम्मानसहित मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।